‘राजेश्वर नेपाली कर्मवीर पुरस्कार’ घोषणा

[mashshare]

मिश्रीलाल मधुकर
जनकपुरधाम ।
महामना राजेश्वर नेपालीको नाममा ‘राजेश्वर नेपाली कर्मवीर पुरस्कार’ घोषणा गरेको छ । पत्रपत्रिका प्रकाशकहरुको सामूहिक सङ्गठन ‘प्रकाशक महासंघ नेपाल’को वार्षिक साधारणसभाले महामना राजेश्वर नेपालीको नाममा पुरस्कारको घोषणा गरेको हो । महासंघका अध्यक्ष शंकर साहको अध्यक्षतामा शनिबार साँझ कार्यक्रम आयोजना गरिएको हो ।

स स्वतन्त्रता सेनानी तथा ‘लोकमत पत्रिका’का प्रकाशक÷सम्पादक नेपालीको योगदानको स्मरणमा महासंघले उनको नाममा ‘राजेश्वर नेपाली कर्मवीर पुरस्कार’ प्रदान गर्न लागेको हो । वार्षिक बैठकले कार्यसमितिको विस्तार र पुनर्गठन गरेको छ । शंकर साह पुनः अध्यक्षमा चयन भएका छन् । त्यस्तै, महासचिवमा पनि उपेन्द्र भगत नागवंशी पुनः चयन भएका छन् । उपाध्यक्षमा कमल साह, कोषाध्यक्षमा ललनकुमार साह, वरिष्ठ संवाददाता अशोक रौनियार, अकुलप्रसाद साह र सदस्यमा कुर्मुर नागवंशीको चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button