रुख चोरीमा उपभोक्ता समूहका अध्यक्षको संलग्नता रहेको आशंका

[mashshare]

एसपी गौरब
सर्लाही ।
लालबन्दी नगरपालिका–६ स्थित रहेको राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रबाट काँचा सिसौका रुखहरु तस्करी भएको छ । लालबन्दी नगरपालिका–६ स्थित रहेको राधा कृष्ण खेल मैदानको नजिकै राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रबाट चारवटा हरिया सिसौका रुख काटेर तस्करी भएको हो । पूर्व–पश्चिम लोकमार्ग नजिकै ईलाका प्रहरी कार्यालय लालबन्दी, सब डिभिजन वन कार्यालय लालबन्दी र राधा कृष्ण सामुदायिक वन उपभोक्ता समुहको कार्यालय नजिकै हरिया सिसौका रुखहरु काटिदा पनि सरोकारवाला निकाय मौन देखिएकाले उनीहरुको मिलेमतोमा रुख काटिएको स्थानीयको आरोप छ ।

करिब एक साता पहिला नै यी रुखहरु काटिएका थाहा पाएको र डिभिजन वन कार्यालयलाई जानकारी गराएपछि एकसाता पछि वन कार्यालयको टोली घटनास्थलमा पुगेको हो । घटनास्थलमा पुगेको सब डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख एवम् सहायक वन अधिकृत सुभाष साहले काटिएका रुखका ठुटाहरुमा मुद्धा नम्बर लेखि घटनास्थल मै मुचुल्का उठाएर अनुसन्धानको काम अघि बढाएको बताए । स्थानीयले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराएपछि घटनास्थलमा पुगेको मधेशदृष्टिको टोलीलाई देखेपछि घटनास्थलमा रहेका राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम बहादुर आले घटनास्थलबाट भागेका थिए । पछि उनलाई फोन सम्पर्क गर्दा आफूहरुलाई रुख काटिएको छ भन्ने २÷३ दिन पहिला थाहा भएको तर खुल्ला ठाउँमा कसले रुख काट्यो होलार भनेर बेवास्था गरेको अध्यक्ष आलेले बताए ।

आलेको गैर जिम्मेवारपूर्ण जवाफबाट उनको समेत मिलेमतोमा चार वटा सिसौका रुख काटिएको आशंका गर्न सकिन्छ । आफ्नो सामुदायिक वन क्षेत्रबाट काटी चोरी तस्करी भएका हरिया सिसौका रुखहरु कहाँ छन् भन्ने विषयमा सामुदायिक वनले कुनै चासो नराखेका कारण सामुदायिक वन र काठ चोरी तस्करी गर्ने बीच राम्रो तालमेल रहेको स्थानीयको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button