राष्ट्रिय दलालहरु लखेट्ने आइटी आर्मीको उद्घोष (भिडियोसहित)

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीको भ्रातृसंगठन आइटी आर्मीले रौटहटमा आफ्ने शक्ति प्रदर्शन गरेको छ ।

मधेशका जिल्लाहरुमा बैँक, सहकारी, वित्तीय संस्थासँगै भन्सार र प्रहरीको ४५ प्रतिशत सुराकी भत्ता खारेजको मुद्दा उठाएर लोकप्रियता हासिल गरिरहेको पार्टीको आइटी आर्मीले समेत परेड प्रदर्शन गर्दै शक्ति देखाएको हो ।

आइटी आर्मीका सदस्यहरुलाई तीन उद्देश्य राखेर प्रशिक्षित गरिएको छ । उनीहरुलाई भनिएको छ, ‘पहिलो नम्बरमा हामी राष्ट्रसेवक हौँ, दोस्रो राष्ट्रधन संरक्षण गर्न चाहन्छौँ, तेस्रो जनताको आदेशमा राष्ट्रिय दलालहरुलाई कारबाही गर्नेछौँ ।

हेर्नुहोस् भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button