
मधेशदृष्टि
वीरगंज ।
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, रुङटा वेलफेयर सोसाइटीका सुरेश रुङ्टा र ग्रीनसिटीका अध्यक्ष जय प्रकाश खेतानले संयुक्तरूपमा बाल सुधारगृह निरीक्षण अवलोकन गरेका छन् ।
निरीक्षणक्रममा सुधार गृहमा दैनिक भोजनका लागि खाद्यान्नसमेत अभाव रहेकाले बालबालिकाले एक छाक मात्र खाना खाएर गुजारा गरिरहेको पाइएको छ । निरीक्षणपछि टोलीले जुटेका केही खाद्यान्न प्रदान गरेको छ भने मनकारी दातासँग खाद्यान्न सहयोगको अपिल गरेको छ ।







