
मधेशदृष्टि
राजविराज ।
हिन्दूको महानपर्व छठको पावन अवसरमा तराई मधेश महिला फाउन्डेसन नेपालले छठपर्वका व्रतालु महिलालाई साडी वितरण गरेको छ ।
छठपर्वको सुरुवात मानिने दिन नहाय खायको दिन पारेर राजविराज नगरपालिका वडा नम्बर–६ स्थित पुरनीपोखरी महाडमा फाउन्डेसनका अध्यक्ष सुनिता कुमारी साहले साडी वितरण गरेकी हुन् ।
समारोहमा दिदीबहिनीलाई आशीर्वादसहित अबिरको टीका लगाइएको थियो । सन्तान दाहिने, रोग बिकार विनाशनि, धन प्रदायणि महानदेवी छठिमाताको जय जयकार गरिएको थियो । सहभागीले फाउन्डेसनकी अध्यक्ष साहले राम्रो काम गरेको भनेर सराहना गरेका थिए ।







