अध्यक्ष टि–ट्वान्टी क्रिकेटमा लंगडी विजयी

[mashshare]

राजन कुमार बानिया
पर्सा ।

तिहार तथा छठ पर्वको अवसरमा आजदेखि पर्साको धोबिनी गाउँपालिका को वडा नम्बर ३ गुलरिया खेलमैदानमा जारी पहिलो अध्यक्ष टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता उदघाटन भएको छ । अध्यक्ष टि–२० क्रिकेट टुनामेन्ट प्रतियोगिता धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले उदघाटन गरे ।

सामुहिक युवा टिम गुलरियाद्वारा आयोजित प्रतियोगिता उद्घाटन गर्दै चौहानले खेलबाट मस्तिक र शारीरिक विकास हुने बताए । उनले भने, ‘खेलले निरोगी बनाउछ, शरीर फुर्तिलो र स्वस्थ बन्नुका साथै युवाले खेलबाट गाउँ र देशको नाम राख्न सक्छन् ।’

उद्घाटनमा जनप्रतिनिधि , कर्मचारी र स्थानीयको सहभागिता थियो । अध्यक्ष टि–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको पहिलो खेलमा धोबिनी गाउँपालिकाको वडा नम्बर ४ लंगडी र वडा नम्बर ५ धोबिनीबीच भएको खेलमा धोबिनी क्रिकेट टिमले पहिलो टस जितेर गरेको ब्याटिङमा १५ ओभर खेलेर अल विकेट गुमाउदै ७४ रन बनाएको थियो ।

लंगडी क्रिकेट टिमले १० ओभरमा २ विकेट गुमाउदै ७५ रन बनाएर जित हासिल गरेको छ । खेलमा लंगडीका खेलाडी प्रदिप गुप्ताले १० रन बनाउदै ४ विकेट लिएर म्यान अफ दि म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button