२४ घन्टामा टिकटक बन्द हुने

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्राचार गरेको हो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले टिकटकलाई पनि इमेल लेखेका बताए । उनले २४ घन्टामा टिकटक ब्लक हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button