१८ करोडको मानव सेवा आश्रम बन्दै

[mashshare]

मधेशदृष्टि
वीरगंज, १९ वैशाख ।

मानव सेवा आश्रमको वीरगंजको लक्ष्मणवामा भवन निर्माण निर्माण गर्ने कार्य सोमबारबाट सुरु भएको छ ।

भूमिपुजन गरी सोमबारबाट औपचारिक रुपमा आश्रमको भवन निर्माण कार्य सुरु भएको उद्योग वाणिज्य संघ मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठले जानकारी दिए । झण्डै १८ करोड रुपैयाँको लागतमा बन्ने आश्रमको भवन शिलान्यास २०७८ चैत ११ गते मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लाल बाबु राउतले गरेका थिए ।

वीरगंज महानगरपालिकाले वडा नम्बर १५ लक्ष्मणवामा उपलब्ध गराएको १८ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागिएको र भवन निर्माणका लागि महानगरपालिकाले तत्काल २५ लाख, मधेश सरकारले १ करोड रुपैयाँ अनुदान दिने तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा प्राप्त ४० लाख रुपैयाँबाट भवन निर्माण कार्य सुरु गरिएको आश्रम वीरगंजका संरक्षक डा. दीपक शाक्यले जानकारी दिए ।

स्थानीय तह, प्रदेश र केन्द्र सरकार तथा वीरगंजका उद्योगी व्यवसायीको सहयोगमा भवन निर्माण गरिने जनाइएको छ । शिलान्यास कार्यक्रममा तीन वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको भए पनि औपचारिकरुपमा २ वर्ष पछि बल्ल निर्माण कार्य सुरु भएको हो । रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको छ । गर्मी, चिसो र जाडोमा न्यानो हुने भएकाले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

भवन भोजपुरी कला संस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर निर्माण गरिने इन्जिनियरहरुले बताएका छन । मानव सेवा आश्रमको भवन निर्माण परिसरभित्र छुट्टै भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठा, हेरचाहमा खट्नेका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृहसमेत बनाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button