
मधेशदृष्ठि
रौतहट ।
कटहरियास्थित दुर्गा पूजा समितिले विजयादशमीको अवसरमा पूजा सफल बनाउन योगदान गरेका डेढदर्जन सहयोगीलाई सम्मान गरेको छ। मंगलबार दुर्गा मन्दिरमा सबभन्दा बढी चन्दादाताका रुपमा कटहरिया–१ झौवाका लक्मीनारायण यादवका छोरा निर्माण व्यवसायी श्रीकान्त यादव, त्यसैगरी क्रमशः वडा ५ का अध्यक्ष सर्फलाल गुप्ता, मूलपुजारी भगतप्रसाद जैसवाल,वडा ४ का अध्ययन चन्दन कुशवाहा, जितेन्द्र साह, औषधी पसल, गोगेन्द्र साह कपडा पसल, राधेश्याम साह हार्डवेयर, ओमप्रकाश रौनियार रामलाल नर्सरी बिर्ती प्रष्टोका, जयनारायण रौनियार, बिर्ती प्रष्टोका, धन्वन्ती देवी बहादुरपुरलाई सम्मान गरेको हो ।

त्यस्तै, पूजा सफल बनाउन योगदान पुर्याएका पूजा समितिका अध्यक्ष हरिश्चन्द्र कुशवाहा, सचिव बिनोद साह, सन्तोष कुशवाहा मिठाई पसल, पूजा समिति सल्लाहकार पत्रकार सञ्जय मिश्रा, राजेन्द्र प्रसाद कलवार, हजाम जामुन ठाकुर, टोलापुरका रामबहादुर कुशवाहा, कर्कच कर्मैयाका हरिशंकर कुशवाहा र पूजा सम्पन्न गराएका आचार्य सम्मानित भएका छन् ।
प्रमुख अतिथि कटहरिया नगरपालिकाकी उपमेयर रिता देवी यादव, पूजा समितिका अध्यक्ष हरिचन्द्र कुशवाहा र यस वर्षका दुर्गा पूजाका मूल पुजारी भगत प्रसाद जैसवालले दोसल्ला ओढाएर सम्मानित गरेकी हुन् ।
कटहरियास्थित दुर्गा पूजा व्यवस्थापनमा १० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। कटहरियाका व्यापारी, समाजसेवी, जनप्रतिनिधिका साथै कटहरिया आसपासकाले चन्दा सहयोग गरेका छन् भने दुर्गा पूजामा सबभन्दा ठूलो सहयोगी कटहरिया नगरपालिका रहेको छ।
कटहरियाका पूर्व मेयर सियाराम कुशवाहाको पालामा पूजामा १ लाख २५ हजार देखि २ लाख रुपैयाँ सहयोग गरेका थिए भने वर्तमान मेयर अजयप्रकाश जैसवालले यसपटक आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको पूजा समितिका अध्यक्ष हरिश्चन्द्र कुशवाहाले जानकारी दिए । कटहरिया बजारमा पछिल्लो २८ वर्षदेखि मूर्ति निर्माण गरेर विधिवत रूपमा सार्वनिकरुपमै दुर्गा पूजा हुँदै आएको छ।






