
मधेशदृष्टि
वीरगञ्ज ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेश प्रदेशको विस्तारित बैठक भएको छ ।
मधेश प्रदेशको महोत्तरी जिल्लास्थित बर्दिवासको पावन मिथिला होटेलमा पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनलको सभापतित्वमा आयोजित बैठक सोमबार भएको हो । पार्टी अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा भएको बैठकमा समसामायिक राजीनितिक अवस्था, मधेश मुद्दा एवम् पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल भएको थियो ।
त्यस्तै, बैठकमा बुथ समितिसम्मको सङ्गठन निर्माणको कार्यनीति, पार्टी सञ्चालनका लागि अर्थ नीति एवम् केन्द्रीय सर्कुलर अनुसार लेवी, प्रति एवम् सरकारका विचार र स्थानीय तह एवम् विविध सम्बन्धमा छलफल भएको लोसपा मधेश प्रदेश सचीव रामबिनोद चौधरीले जानकारी दिए ।
बैठकमा सङ्घीय सरकारका श्रम रोजगार मन्त्री शरद सिंह भण्डारी, पार्टीका वरिष्ठ नेता अनिल झालगायतको उपस्थिति थियो ।






