स्पर्श हस्पिटलमा बिरामीको मृत्युपछि तनाव

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंज वडा नम्बर १५ स्थित स्पर्श हस्पिटलले उपचारमा लापरबाही गर्दा वीरगंज–१४, ठूलो चिनीमिल पिपराका ४५ वर्षीय वीरेन्द्र राउत कुर्मीको ज्यान गएको छ । कुर्मी हुलास स्टील कम्पनी सिमरामा कार्यरत थिए ।

बुधबार बिहान ७ बजे कम्पनीमा हाइड्रा चलाइरहेका बेला दुर्घटनामा परेका कुर्मी घाइते भएका थिए । उनको परिवारले जनाएअनुसार दुर्घटना हुँदा उनको कम्मरमा चोट लागेको र स्पर्श हस्पिटल ल्याउँदा इमर्जेन्सीमा कोही डाक्टर थिएनन् । इमर्जेन्सी वार्ड हेल्थ असिस्टेन्टका भरमा पाइएपछि बिरामी काठमाडौँ लैजान खोज्दा हस्पिटलले पठाउन मानेन ।

बाहिर लैजान पनि नदिएको र अस्पतालमा बिरामीको उपचारमा पनि लापरबाही गरेर मृत्युको मुखमा पु¥याएको आफन्तजनले आरोप लगाएका छन् । लापरबाही गर्ने डाक्टरलाई कारबाही माग गर्दै मृतकका आफन्तले हस्पिटल परिसरमा बिरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button