ढुंगाले छोपेर काठ तस्करी !

[mashshare]

मधेशदृष्टि
रौतहट ।

ढुंगाले छोपेर काठ लुकाएर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सालको गोलिया काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

चन्द्रपुर नगरपालिका–३ को गैँडाटारबाट लोड गरेर वडा नम्बर १० बालचनपुर लैजाँदै गरेको अवस्थामा ना ४ त ८३६६ नम्बरको ट्याक्टर सशस्त प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

बालचनपुरका चिरानमिल सञ्चालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गामुनि लुकाएर ट्याक्टरमा लैजाँदै गरेको सूचनाका आधारमा सन्तपुरस्थित सशस्त्र बेसको टोलीले बरामद गरेको हो ।

बरामद काठसहित ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । चालक चन्द्रपुर– १० का २३ वर्षीय फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरी देख्नासाथ फरार भएको बताइएको छ ।

बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्याक्टर, चालकलाई नियन्त्रणमा रहेको आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनील कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button