
मधेशदृष्टि
रौतहट ।
पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आमदलित मोर्चाको केन्द्रीय कमिटी विस्तार गरिएको छ । चन्देश्वर बैठाको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटी बिस्तार गरिएको हो ।
शनिबार मोर्चाको बैठकले उपाध्यक्षद्वयमा शर्मिला राम, रामनाथ माझी, महासचिवमा निखिल पासवान, सचिवमा रामाशंकर पासवानलाई चयन गरेको छ ।
सदस्यहरुमा ठागा दास, प्रमिला दास, राजेश रविदास, बिजय राम, श्रीराम महरा, सोन्फी पासवान, अरुण पासवान, सोनेलाल राम, रामभरोस राम, सागर विक, रमेश नेपाली, राजकुमार सूचिकार, रामबहादुर नेपाली, सोनु सुनाले, निरज कुमार रञ्जन चयन भएका छन् ।
यसैगरी, संजिप नेपाली, चिनीलाल दास, रामबहादुर परियार, संजय राम, महेश्वर महरा, सुनिता राम, रामपुकार महरा, सनितादेवी राम, अञ्जन विक, राजकुमार हजरा, रुपलाल राम, कुसकुमार पासवान, प्रदुमन बैठा, गणेश राम, सूर्यनारायण राम, अंकित कुमार पासवान सदस्य चयन भएको छन् ।
सदस्यमा रामबहादुर दास, गिर्जालाल हजरा, निशान्त पासवान, रामपुकार पासवान, ललन पासवान, उमेश दास, दीपक पासवान, गोपाल विक, गोविन्द राम, सुनिता नेपाली, उपेन्द्र पासवान, देवनारायण बैठा, यमकुमारी बिक, प्रमोद पासवान, रामजनम पासवानलगायतका रहेको अध्यक्ष बैठाले बताए ।
आम जनता पार्टीको हालै बसेको पदाधिकारी बैठकले पार्टी निकटका विभिन्न भातृसंगठन एवम् जनवर्गीय संगठन गठन र पूर्णता दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आजपा निकटका संगठनलाई पूर्णता दिने काम भइरहेको आजपा प्रवक्ता चन्द्रभूषण साहले बताए ।






