उखुकाे पैसा नपाइएकाे भए सम्पर्कमा आउन मन्त्रीकाे अपिल

[mashshare]

वीरगंज, २४ वैशाख ।

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका उखुमिलबाट पैसा लिन बाँकी किसानलाई सम्पर्कमा आउन अपिल गरेका छन् ।

मन्त्री कुशवाहाले अधिकांश चिनीमिलले किसानलाई भुक्तानी दिएकाे जानकारी आएकाे बताउदै  कुनै चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी भए सम्पर्कमा आउन अपिल गरेका हुन् ।

मन्त्री कुशवाहाले पीडित किसानकाे विवरण र भुक्तानी नदिने उद्याेगकाे विवरण उपलब्ध गराउँदै भुक्तानीका लागि पहल गरिने बताएका छन् ।

मन्त्री कुशवाहाले पीडित किसानका लागि सचिवालयकाे नम्बर पनि सार्वजनिक गरेका छन् ।

मा. ई. बसन्त कुशवाहा: निजी सचिवालय
सन्त साह: ९८१७६१९०६९
प्रमोद ईशर: ९८१६३३९४९५
अर्जुन कुशवाहा: ९८११२९७४६०
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button