
सञ्जय मिश्रा
रौतहट, २१ वैशाख।
प्रमुख व्यापारिक केन्द्र गरुडा बजारबाट दुई यौनकर्मी महिला, होटल सञ्चालकसहित ७ जना पक्राउ परेका छन् ।
गौर र इलाका प्रहरी कार्यालय गरुडाको टोलीले गरुडास्थित अनिता होटेल एन्ड लजमा छापामारी होटल सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिएको हो । होटल सञ्चालक माधव नारायण नगरपालिका–३ का निरञ्जन यादव, दुई यौनकर्मी महिला तथा चार पुरूष रहेको डिएसपी ओमप्रकाश खनालले बताए । अनिता होटलमा यौनजन्य क्रियाकलाप भइरहेको सुचनाको आधारमा वुधबार साँझ जिल्ला प्रहरी कार्यालय गौर तथा गरुडाका संयुक्त प्रहरी टोलीले छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिए ।
पछिल्लो केहीदिन होटलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आएपछि होटल सञ्चालक यादवलाई बोलाएर त्यस्तो कार्य नगर्न सम्झाइबुझाइ गर्दा पनि अटेर गर्दै आएको डिएसपी खनालले बताए ।
यसअघि प्रहरीले सदरमुकाम गौरस्थित होटल रोयल इन्दु र साहिवा ब्यूटी पार्लरमा छापामारी यौन धन्धामा संलग्न झन्डै एकदर्जन महिला पुरूष तथा सञ्चालक पक्राउ गरी कानुीनी कारबाहीको दायरामा ल्याएको थियो ।
#MADHESHDRISTI #EMADHESHDRISTI






