वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसिपी परिसरमा अध्यागमन कार्यालयको भवन अभावको कारण समस्या

[mashshare]

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसिपी परिसरमा अध्यागमन कार्यालयको भवन अभावको कारण समस्या भएको छ । गत जनवरी १ मा आईसीपीस्थित १ कोठामा अध्यागमन कार्यालयको उद्घाटन गरिएको थियो ।

भारतीय पक्षले आफ्नो भूमितर्फको आईसीपीबाटै तेस्रो मुलुकका पर्यटकको आवागमन गर्ने गराउने गृहकार्य थालेपछि नेपालतर्फ पनि आईसीपीमा हतारमा अध्यागमन कार्यालय सञ्चालन गरिएको हो । हाल वीरगन्जस्थित भारतीय सहर रक्सौलसँग जोडिएको नाकामा अध्यागमन कार्यालयको आफ्नै भवन रहेको र सो भवनमा आवास सहितका कर्मचारी बस्दै आएका छन ।

तर आईसीपी वीरगन्जमा भने अध्यागमन कार्यालय सञ्चालन गर्न छुट्टै भवन तथा आवासीय सुविधा उपलब्ध नगराइँदा आफूलाई नयाँ कार्यालय सञ्चालन गर्न समस्या भएको अध्यागमन कार्यालय वीरगन्जका निमित्त प्रमुख सुजन तिरुवाले बताउनुभयो ।

हाल आईसीपी स्थित अध्यागमन कार्यालयमा एउटा कोठामा टेवल राखेर एक जना मात्र कर्मचारी बसेका छन । यता एकीकृत सुरक्षा जाँच चौकी आईसिपी सञ्चालक कम्पनी इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले मुख्य भवनमै एउटा ठूलो कोठा र पर्यटन प्रहरी बस्नलाई बुथको व्यवस्थासमेत गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button