
रौतहट ४ फागुन ।
रौतहटको मौलापुर स्थित पुरातात्त्विक महादेव मंदिरमा हुने मधानी महायज्ञको तयारी पूरा भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।
भली फाल्गुन ५ गते देखि सुरुहुने मधानी महायज्ञ विशेष समारोह को तयारी पुरा भएको नगरपालिकाले जनाएको हो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।
मौलापुर नगरपालिकाकी नगरप्रमख रिनाकुमारी साहले आज पुरातात्त्विक महादेव अद्वभुतनाथ मन्दिर परिसरमा सञ्चारकर्मी संग कुरागर्दै मधानी महायज्ञ विशेष समारोह को तयारि पुरा भएको जानकारी दिएकी छन ।
महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर भुमि पुजन ,अस्टयाम , महायज्ञका साथै सांस्कृतिक कार्यक्रम तथा कुस्तीको आयोजना हुने मेयर रिना कुमारी साहले बताईन् । फागुन ५ गते मधानि महायज्ञको मुल उद्घाटन उपरा्ट्रपति नन्दबहादुर द्वारा गरिने मेयर साहले बताईन ।
उक्त अवसरमा विभिन्न राजनीतिक दलका नेताहरु , प्रतिनिधिसभा सदस्यहरु , मधेश प्रदेश सभाका सदस्यहरु तथा विभिन्न पालिकाका प्रमुख , उपप्रमुख लगायत लाई आमन्त्रण गरिएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ । महायज्ञको अवसरमा हुने धार्मिक गतिविधि का साथै आयोजकले विभिन्न सांस्कृतिक कार्यक्रम को ब्यवस्था गरेको छ ।
सांस्कृतिक कार्यक्रममा नेपालका सिने जगतका महानायक राजेश हमाल लगायत रास्ट्रीय स्तरका चर्चित कलाकारहरु , भारतिय चर्चित भोजपुरी नायक पवन सिंह, नायिका काजल राघवानी, भोजपुरी गायिका ईन्दु सोनाली एवं अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने मौलापुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाकारी दिए ।
सप्ताहbयापि हुने समारोहमा अन्तराट्रियस्तरको कुस्ती प्रतियोगिता,ब्यापारी , खेल तमासा व्यवसायीहरुबाट आयोजकले कुनै पनि किसिमको शुल्क नलिने पनि अधिकृत साहले बताएका छन् ।






