भ्रष्ट अर्थनीतिको कारणले राजस्व संकलनमा ह्रास : प्रभु साह

[mashshare]

मधेशदृष्टि
वीरगंज, १ फागुन
आम आदमी पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले भ्रष्ट अर्थ नीतिले मुलुक तहसनहस भएको र राजस्व असुली समेत नराम्रोसँग प्रभावित भएको बताएका छन ।

आम आदमी पार्टीद्वारा सोमवार वीरगंजमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले कम्युनिष्ट नेताहरुले कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट पार्टीलाई नै बदनाम गरिरहेको आरोप लगाएका हुन । उनले नेपालका कम्युनिष्ट पार्टीमा दलाल , तस्कर र माफियाहरु हाबी भएको र उनिहरुले नै पार्टी चलाइरहेको पनि बताए ।

अध्यक्ष साहले दलहरु हिजोको राजा जस्तो देशलाई लुट्ने शासक र जनता शासित लाचार भएको अवस्थामा रहेको बताए । उनले लाचार र शोषित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको दावी गरे । अध्यक्ष साहले किसान र मजदुरलाई सम्मान र अधिकार दिलाउन , जीवन स्तर उकास्ने लक्ष्य लिएर आम जनता पार्टी अगाडि बढेको दावी गर्दै मुलुकमा व्याप्त चरम भ्रष्टचारलाई जरै देखि उखेलेर फाल्ने संकल्पका साथ पार्टी अगाडि बढेकोले यसमा आम जनताको साथ आवश्यक भएको बताए ।

उनले नेपालबाट लुटेर कालोधन विदेशमा लगेर थुपारेका दलाल पूजीपतिहरुलाई आम आदमी पार्टीले ठेगान लगाउने चेतावनी दिए । आम आदमी पार्टीका मधेस प्रदेश इन्चार्ज उपेन्द्र साहको अध्यक्षतामा सम्पन्न भेलालार्ई पार्टीका नेता कदम रसुल, बाबुराम कौशिक, लगायतले सम्बोधन गरेका थिए ।

यसैविच आम आदमी पार्टीको सोमवार वीरगंजमा सम्पन्न जिल्ला भेलाले महम्मद कदम रसुलको अध्यक्षतामा जिल्ला कार्य समितिको चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा संजिव सोनी, फईम मिया अन्सारी, रामबाबु साह कानु, सचिवमा विश्वराज पटेल, सहसचिव दिलिप गुप्ता, सदस्यहरु रिना गिरी, राकेश साह सोनार, संजिव गुप्ता, रामबाबु साह, विकास पटटेल, अमित बर्मा, किसन साह सोनार, रुपेश हजरा, विपिन कुशवाहा, सोनु अग्रवाल, गणेश मण्डल लगायतका रहेका छन ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button