
माघ। २९
डिभिजन बन कार्यालय रौतहट देखि मातहतका विभिन्न पोस्टका प्रमुखको रूपमा रहेर चौतर्फी नाम कमाएका राजेश कुमार साह लाई सप्तरी गएको सानो अवधी भित्रै ठुलो उपलब्धि मिलेको छ।
उनी डिभिजन बन कार्यालय रौतहट बाट २ महिना अघिमात्र सरुवा भएर सप्तरी आएका छन ।सप्तरी स्थित बन गस्तिटोलिले एकथान अबैध भरुवा बन्दुक सहित ४ जना सिकारीलाई पक्राउ गरेको छ।
कंचनपुर सब डिभिजन बन कार्यालयका सहायक प्रमुख राजेश कुमार साहको कमान्डमा गएको सशस्त्र बन गस्ती टोलिले सनिवार राती १२ बजे उक्त भरुवा बन्दुक सहित चारैजना सिकारी लाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कंचनपुर नगरपालिका १२ का २६ बर्षिय भोला श्रेष्ठ ,सोही ठाउँमा ३६ का प्रकाश श्रेष्ठ ,३१ का दुर्गा नारायण श्रेष्ठ र उदयपुर त्रीयुगा नगरपालिका १० का २८ बर्षिय प्रहलाद राई रहेको सहायक प्रमुख साहले बताएका छन ।
केही सिकारीहरु कंचनपुर स्थित जंगलमा चोरिसिकारी गर्न पसेको भनी सनिवार सांझ प्राप्त सूचना को आधारमा गस्ती गर्दैजांदा गएराती बनक्षेत्र बाट उनिहरु पक्राउ परेका थिए । उनीहरुको साथ बाट एकथान भरुवा बन्दुक तथा त्यसमा गोलिकोरुपमा प्रयोग हुने बारुद तथा छरराहरु बरामद भएको सहायक बन अधिकृत राजेश साहले बताएका छन ।
पक्राउ परेका चारैजनालाई भरुवा बन्दुक तथा बरामद अन्य सामान सहित आवश्यक कार्वाही को लागि ईलाका प्रहरी कार्यालय कंचनपुरमा बुझाईएको बन कार्यालयले जनाएको छ। सहायक अधिकृत साहकै नेतृत्वको गस्ती टोलिले समातेको ९ जना काठ तस्कर माथि बन मुदा सप्तरि जिल्ला अदलतमा दायर भएको छ ।
राजेश साह रौतहट स्थित चोंचा सब डिभिजन बन ,धन्सार सब डिभिजन तथा डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा गरि अढाई बर्ष बसेका थिए ।सो अवधिमा राजेशको कमान्डको टोलिले पटकपटक गरि ६५० क्युफिट सालको काठ,१ थान ट्याक्टर ,१ थान पिकअप भ्यान,७ थान मोटरसाइकल तथा कठ तस्करीमा प्रयोग भएको सैयौं साईकल बरामद गरेको थियो ।
त्यसैगरी उनले ३८ जना तस्कर पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएका थिए । उनि चोंचा प्रमुखको जिम्मेवारीमा रहंदा प्रायः सबै पर्व त्योहारको बिदामा अन्य कर्मचारी घर गएको समय आफै अहोरात्र खटेर बन गस्ती गर्ने गरेकाले तस्कर माझ खैलाबैला मचेको थियो । बन तस्करी न्युन भएको थियो उनको सरुवा संगै चोंचा तथा धन्सार सब डिभिजन बन क्षेत्रमा व्यापक काठ तस्करी सुरुभएको स्थानीय प्रत्येक्षदर्सिहरुले बताएका छन ।






