विकास निमार्णको काममा सदैब अग्रसर रहने सांसद यादवको भनाई

[mashshare]

आरके श्रीवास्तव
गरुडा,२४ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्रले नेता कार्यकर्ताहरु सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

सोमवार आफनो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने कटहरिया वडा नम्बर २ हथिायाही टोल स्थित जितेन्द्र प्रसाद यादवको अध्यक्षता तथा नेपाली काँग्रेस वडा नम्बर २ का सक्रिय कार्यकर्ता अनुठा राय यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रदेश सांसद यादव रहेका थिए भने विशिष्ट अतिथीको रुपमा क्षेत्रिय सभापती एवम् कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता रहेका थिए ।

सो अवसरमा पूर्व गा.वि.स.अध्यक्ष सेराजुल देवान,मनोज यादव,वीरेन्द्र यादव,रघुनाथ राय,चन्देश्वर प्रसाद यादव लगायत १ सय ५० जनाको सहभागितामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

सोमबारको छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्थानिय स्तरमा रहेको समस्या,अति आवश्यक विकास निर्माण सम्बन्धि योजना,भौतिक पूर्वाधार निर्माण तथा अन्य सम सामायिक विषयमा छलफल भएको साथै स्थानियद्धारा उठाइएका विकास निर्माणको काममा आफनो तर्फबाट र नगरपालिकाको तर्फबाट यथासिघ्र पहल गर्ने आश्वासन प्रदेश सांसद यादवले दिएका थिए ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button