मिनाबजार मा रक्तदान

[mashshare]

२१ माघ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको बीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख आलमले रक्तदान नै जीवनदान भएको हुँदा सम्पुर्ण नगरबासी एक ढिक्का भई रक्तदान गर्नपर्ने बताउनुभयो । उहाँले आफूले दान गरेको रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउने भन्दै यो पवित्र कार्यमा सबैको सहभागिता हुनुपर्ने कुरामा जोड दिनुभयो । रगतको अभावकै कारण कसैले अनाहकमा ज्यान गुमाउन नपरोस भन्दै उहाँले बेलाबेलामा रक्तदान गरिरहन सबैलाई समेत आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल साह, नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंह, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासोदिन ठकुराई, वडा प्रहरी कार्यलय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button