पाकिस्तानी दूतावासले गरेको कार्यक्रम असफल

[mashshare]

काठमाडौं, माघ २३ गते
राष्ट्रिय एकता अभियानले आज काठमाण्डौमा हिन्दूहरुको हत्या बन्द गर, पाकिस्तान प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानमा अल्पसंख्यकहरुको सुरक्षा गर र धार्मिक अतिवाद अन्त्य गर भन्ने नाराका साथ हस्ताक्षर संकलन अभियान शुरु गरेको छ ।

काठमाडौंस्थित गौशालामा अभियानका केन्द्रीय सदस्य डा। प्रभात कुशवाहाको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको हो । हस्ताक्षर अभियानमा पेमा लामा, सरिता सिंह, दीपेन्द्र बराल, रोशन कुशवाहा, दिपेश कुशवाहालगायत अभियान्ताहरु सक्रिय रहेका छन ।

पाकिस्तानले काश्मीरमा आतंकवादी गतिविधि गराउनका लागि वित्त पोषण गरिरहेको छ भने अर्कोतर्फ काश्मीर एकताको अभियान चलाउँदै दिवस मनाइरहेको छ ।

पाकिस्तानको यस प्रकारको दोहोरो चरित्रविरुद्ध हस्ताक्षर अभियान चलाइएको अभियानका केन्द्रिय सदस्य डा। प्रभात कुशवाहाले बताउनु भयो ।अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तान प्रयोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान सुरु गरिएको बताउनु भयो ।

पाकिस्तानमा हिन्दुहरु निकै कम संख्यामा मात्र छन् । बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दुहरु थिए । तर व्यापक धर्मान्तरण र ज्यादतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ । हिन्दुहरुमाथि भइरहेको अत्याचार झनै झांगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button