
आरके श्रीवास्तव
गरुडा,२० माघ । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा शितलहर बाट प्रभावितहरुलाई शितलहर प्रतिकार्य सामाग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर १ र ४ मा शितलहर बाट प्रभावित दलित ,भूमिहीन,गर्भवती ,सुत्केरी ,अपांग वृद्धवृद्धाहरूलाई शितलहर बाट बच्नको लागि विभिन्न सामाग्रीहरु वितरण गरिएको हो ।
कटहरिया नगरपालिकाकी उपमेयर रिता देवी र वडा अध्यक्षद्धय भूपेन्द्र महतो कोइरी,चन्दन कुशवाहाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । शितलहर प्रतिकार्य सामाग्रीहरुमा न्यानो लुगा,पोसिलो खानेकुरा,मर्यादा सामाग्री रहेको छ ।
सो सामाग्री वितरण कार्यक्रम कटहरिया नगरपालिकाको समन्वय र सहयोगी संस्थामा स्ट्रार्ट फन्ड नेपाल रहेको थियो भने पिपुल इन निड र आसमान नेपालको संयोजनमा उक्त सामाग्रीहरु वितरण गरिएको हो ।
कटहरिया नगरपालिकाको तीन वटा वडाहरु वडा नम्बर १ मा ६१ जना,वडा नम्बर ४ मा ३१ जना,वडा नम्बर ९ मा ४६ जना गरी कुल १ सय ३८ जना लक्षित परिवारहरुलाइ उक्त सामाग्री वितरण गरिएको पिपुल इन निडका आपतकालीन संयोजक सबिन अधिकारीले बताए ।
सो अवसरमा आसमान नेपालका बिजय यादव, वडा सदस्य सुरेश राय यादव,वडा सचिव उमाशंकर कुशवाहा, सिएस आरसिका फिल्ड अधिकृत ओमप्रकाश राम लगायतका दर्जनौं व्यक्तीहरुको उपस्थिती रहेको थियो ।





