वीरगंजका जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम

[mashshare]

मधेशदृष्टि
वीरगञ्ज १९ माघ ।
राष्ट्रिय भूमि आयोग पर्साद्वारा नगर क्षेत्रमा बसोवास गरेका भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले बुधबार वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष तथा सचिवहरुलाई आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आयोगले बुधबार वीरगंज महानगरपालिकाको वडा नम्वर १ देखि १६ सम्मका वडाध्यक्ष तथा सचिवहरुलाई प्रशिक्षण दिएको छ भने दोस्रो चरणमा बाँकी ३२ नम्वरसम्मका वडाध्यक्षलाई प्रशिक्षण दिने कार्यक्रम रहेको आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।

भूमिहिन, सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जनप्रतिनिधि एवं कर्मचारीहरुलाई प्रशिक्षण दिएका हुन् ।

अव्यवस्थित बसोवास तथा भूमिहिन सुकुम्वासी समस्या समाधान गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको हुँदा पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरी तालिम दिईएको अध्यक्ष अहमदले बताए ।

प्रशिक्षण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानगरका हरेक वडामा वडास्तरीय समिति गठन भइसकेको भन्दै आयोगको निर्देशन बमोजिम जनप्रतिनिधिले आवश्यक प्रकृया अघि बढाउने बताए ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button