एस.ई.ई तयारी परिक्षाको अनुगमनगर्दै प्याब्सन

[mashshare]

मुकेश कुमार साह
रौतहट १९,माघ ।निजि तथा आवासियविद्यालयकोछाता संगठन प्यावसनल एस.ई.ई तयारी परिक्षा संचालन गरेको छ ।

देशभरी रहेका निजिविद्यालयमा एकै साथतयारी परिक्षा संचालनगरिएको केन्द्रीय सचिव के.विथापाले बताए । उनकाअनुसार माघ १५ गते आईतवार देखी संचालनमा रहेको परिक्षा २३ गते सम्मचल्ने छ ।

बिद्यार्थीको पढ्ने भावनको बिकाशहोस भन्ने उदेश्यले प्री.बोर्ड परिक्षा संचालन गरेको उनले बताए । सोहि परिक्षाको बुधवार प्यावसनमधेस प्रदेशकाअध्यक्ष तथा परीक्षा समितिका संयोजकदिपक रेग्मीले बिभिन्न केन्द्रमापुगीअनुगमन गरेका छन । परीक्षाव्यवस्थित र मर्यादितभए÷नभएकोबारे जानकारी लिनअनुगमनगरिएको उनले बताए ।

अनुगमनकाक्रममा सबै केन्द्रहरुमाअनुशासित र मर्यादित ढंगले परिक्षा सुचारु रहेको पाईएको संयोजक रेग्मीले बताए । उनले बारा,पर्सा,सर्लाही,धनुषाहुँदै बुधवार रौतहटमा अनुगमन गरेको जानकारी दिए । उनकाअनुसार महोत्तरी र सिरहामाभने अनुगमनबाकी छ ।
मधेश प्रदेशमा करिव ६ हजार ५ सय निजिबिधालयकाबिद्यार्थीले एकैसाथ परिक्षादिईरहेको उनले जनाए । मधेश प्रदेशमा सिरहा देखीपर्सा सम्म केन्द्र निर्धारण गरी परिक्षा संचालनभईरहेको रेग्मी बताउछन । सप्तरीमाभने विविध कारणले केन्द्र तोक्ननसकिएको उनले बताए ।
बिद्यार्थीलाई सरल र सहजकिसिमले प्रस्तुतगर्दै परीक्षामा सफलताप्राप्तगर्न प्यावसनले हरेक बर्ष तयारी परिक्षा गराउदै आएको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button