दैनिक सैयौँ ट्र्याक्टर बालुवा तस्करी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिका वडा नम्बर ३१ को भेडहा खोलाबाट रातिको समय पारेर बालुवा र गिटी तस्करी भइरहेको पाइएको छ । विगत केही समयदेखि राति ९ बजेपछि दैनिक सैयौँ ट्र्याक्टरमा खोलाको बालुवा र गिटी तस्करीका लागि प्रयोग भइरहेको पाइएको छ ।

वीरगंज महानगरपालिकाले ठेक्कापट्टासमेत नगरेको खोलाबाट मिलन चोक प्रहरी चौकी र बडनिहार प्रहरी चौकीको ग्रिन सिग्नल तथा सशस्त्र प्रहरीको समेत मिलेमतोमा राति तस्करी हुने गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले एउटा ट्र्याक्टरबाट पाँचसय रुपैयाँ लिने गरेको स्रोतको दाबी छ । यसरी देशै सुरक्षा गर्ने प्रहरी प्रशासनले नै नदीनालाको दोहन गर्दा पनि कानमा तेल हालेर बसेको र अझै महिनावारी अशुल्न लागेको देखिएको छ ।

वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आमलले महानगरले कसैलाई खोलाबाट गिटीबालुवा निकाल्न ठेक्का नलगाएको बताए । उनले यस्तो भएको भए दोषीलाई कारबाही गरिने बताए । भेडाहा खोलाबाट गिटी र बालुवाको तस्करीमा वडा नम्बर ३१ का वडाध्यक्षले पनि मौनता साँधेको देखिएको छ । स्थानीयले भने वडाध्यक्षको पनि संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button