पाँच वर्षीय बालकलाई यौन दुव्र्यवहार गर्नेलाई कैद

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
पाँचवर्षीय बालक पनि यौन दुव्र्यवहारमा परेको खबर सार्वजनिक भएको छ । यस्तो संगीन आरोपमा सप्तरीको खडक नगरपालिका–३ का २० वर्षीय भविया भनिने मो. नजामलाई ६ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले आरोपितलाई ६ महिना कैद सजाय फैसला गरेको अदालतले जानकारी दिएको छ । ढिलो गरी १०औँ पेशीमा फैसला हुँदा आरोपितले पाएको कैद सजाय भन्दा ५ महिना बढी कैद भोगिसकेका छन् ।

बालकलाई २०७७ जेठ ९ गते आरोपितले अप्राकृतिक मैथुन गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा २०७७ जेठ ११ गते उजुरी दिएकी थिइन् । आरोपितले इद उल फित्रका दिन फकाइफुल्याई खडक नगरपालिका–३ बनरझुलास्थित इदगाहा चौरमा लगेर अप्राकृतिक मैथुन गरेको पीडितले बताए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २०७७ जेठ १२ गते स्वास्थ्य परीक्षण भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले २०७७ जेठ १७ गते उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतबाट आरोपितविरूद्ध २०७७ असार १६ गते पक्राउ पुर्जी जारी भएको थियो । फरार आरोपित २०८० भदौ २५ गते हाजिर भएपछि मुद्दा मुल्तबीबाट जागेकोमा जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले भदौ २६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button