एपेक्स कलेजले सञ्चालनमा ल्यायो ‘बिबिए’ प्रोगाम

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंजस्थित एपेक्स म्यानेजमेन्ट कलेजले यसै शैक्षिकसत्रबाट बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको छ । शुक्रबार वीरंगजमा एक समारोहको आयोजना गरी बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको औपचारिक जानकारी गराएको हो । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन लिएर एपेक्स कलेजले ६६ सिटका लागि बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको एपेक्स कलेज सञ्चालक समितिका अध्यक्ष डा. दीपेन्द्र चौधरीले जानकारी दिए ।

कलेजले बिबिए कार्यक्रममार्फत नयाँ युगको मागअनुसार व्यवहारिक ज्ञानसहितको शिक्षण पद्धतिमा जोड दिइएको अध्यक्ष चौधरीले बताए । उनले भने, ‘शिक्षण पद्धतिमार्फत प्रयोगात्मक ज्ञानलाई तालिम, सेमिनार, औधोगिक भ्रमण तथा उद्योगपतिसँगको अन्तरक्रिया मार्फत विद्यार्थीको सिकाइलाई सहजिकरण गर्नेछ । जसबाट उद्योगीहरूले सिपयुक्त जनशक्ति प्राप्त गर्ने छन् ।’ एपेक्स म्यानेजमेन्ट कलेज वीरगंज कलेजको भातृ संस्थाका रूपमा स्थापना भएको अध्यक्ष चौधरीको भनाइ थियो । अध्यक्ष चौधरीका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट हालसम्म बिबिए कार्यक्रमका लागि एपेक्स कलेजसहित ६ वटा कलेजले सम्बन्धन प्राप्त गरेका छन् ।

सो अवसरमा वीरगंज क्याम्पसका प्रमुख विनोद गुप्ताले बिबिए कार्यक्रमबाट सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान हासिल पश्चात दक्ष जनशक्ति उत्पादन गर्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोध गुप्ताले शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउँनुपर्ने र त्यसका लागि सरकारले पनि वातावरण निर्माण गरिदिनुपर्ने बताए । देशका अधिकांश जिल्लाको तुलनामा पर्सामा शैक्षिक संस्थाहरुको अवस्था राम्रो रहेको भन्दै उनले वीरगंजलाई शैक्षिक हवका रूपमा विकास गर्न सकिने कुरामा जोड दिए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button