जसपा नेपाल पाँचलाख सदस्य खोज्दै

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी, नेपालले देशभर चारमहिने जनअभियान चलाउने भएको छ । ललितपुरको साना गाउँमा चार दिनदेखि जारी केन्द्रीय समिति बैठक समापनसँगै चारमहिने जनअभियानबारे निर्णय भएको हो । भदौमा शुरू भएर अभियान मंसिर मसान्तमा सकिने गरी पार्टीले योजना बनाएको छ ।

भदौ ९ गते काठमाडौँमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले अभियान उद्घाटन गर्ने भएका छन् । अभियानमा पार्टीका आधारभूत तहका कमिटी गठन, पुनर्गठन, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, जनसभासहित अन्य कार्यक्रम गरिने बताइएको छ । अभियानमै पाँच लाख पार्टी सदस्य बनाउने योजना बनाइएको छ ।

अभियान अन्तर्गत बागमती प्रदेशमा भदौ ८ गते, मधेश प्रदेशमा भदौ १५ र १७ गते, कोशी प्रदेशमा भदौ १९ गते अभिमुखीकरण कार्यक्रम गरिने जसपा नेपालले जनाएको छ । यस्तै, लुम्बिनी प्रदेशमा भदौ १९ र २१ गते, गण्डकी प्रदेशमा भदौ २१ गते र सुदूरपश्चिम प्रदेशमा भदौ २३ गते अभिमुखीकरण गरिने छ । लुम्बिनीमा २१ गते हुने अभिमुखीकरणमा कर्णाली प्रदेशकालाई पनि सहभागी गराइने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button