गजेन्द्रनारायण अस्पतालमा ३ वार्ड थप

[mashshare]

मधेशदृष्टि
राजविराज ।
गजेन्द्रनारायण सिंह अस्पतालमा थप तीन वार्ड शुरू हुने भएको छ । अस्पतालमा एनआइसियु, आइसियु र बर्न वार्ड शुरू गर्ने तयारी थालिएको हो ।

१५–१५ बेडको एनआइसियु, आइसियु र ९ बेडको बर्न वार्ड शुरू गर्ने तयारी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवले बताए । ‘उपकरणहरू ल्याइसकिएको छ, अब यसलाई सञ्चाल गर्न ध्यान दिएको छु,’ उनले भने ।

यादवले कर्मचारी अभाव रहेको भन्दै चाँडै भर्ना गरेर वार्ड सञ्चालन गरिने बताए । उनले भने, ‘अहिले कर्मचारी अभाव छ, चाँडै भर्ना गरेर वार्डहरू सञ्चालनमा ल्याउँछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button