
मिश्रीलाल मधुकर
जनकपुरधाम ।
दानवीर रामबहादुर साहको निधन भएको १३ औँ दिनमा रामबहादुर साह तेली सेवा सदनमा श्रद्धाञ्जली तथा शालिक अनावरण कार्यक्रममा भएको छ । रामकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तेली कल्याणका राष्ट्रिय अध्यक्ष विश्वनाथ साह प्रमुख अतिथि थिए । कार्यक्रमका सहभागीहरुले स्वर्गीय साहले धर्मशालालाई ३० करोड रुपैयाँको सम्पत्ति दान दिएर समाजका लागि महत्वपूर्ण काम गरेको सम्झना गरे ।
श्रद्धाञ्जलि सभामा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ, संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री अरविन्द साह, मधेश सरकारका वन तथा वातावरणमन्त्री त्रिभुवन साह, खानेपानी, सिँचाइ मन्त्री शेष नारायण यादव, सांसद दीपेन्द्र ठाकुर, मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, पूर्वसांसद प्रमोद साह, पूर्व विधायक नीरा कुमारी साह, जनकपुरधामका मेयर मनोजकुमार साह, राजर्षि जनक विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहलगायतको उपस्थिति थियो ।
यस्तै, डीन प्रा. विनोदकुमार साह, वडाअध्यक्ष राघवेन्द्र साह, पूर्ववडाअध्यक्ष जानकीराम साह, नेपाल तेली कल्याण समाजका केन्द्रीय महासचिव सत्यनारायण साह, सल्लाहकार जगदीश साह, सल्लाहकार, पूर्व जिविस अध्यक्ष रामचरित्र साह, तेली कल्याण समाज धनुषाका अध्यक्ष ललितकुमार साह, नेपाल वैश्य कल्याण महासंघका धनुषा जिल्ला अध्यक्ष श्याम साह, जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्बुप्रसाद साह, दलित नेता राम उदित राम, इञ्जिनियर शम्भू साहलगायतको कार्यक्रममा सहभागिता थियो । सोही कार्यक्रममा स्वर्गीय राम बहादुर साहका शालिक अनावरण गरिएको थियो ।






