मधेशका मुख्यमन्त्री सतिश सिंहले पाए विश्वासको मत

[mashshare]

महेश कठायत
वीरगंज ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत प्राप्त गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सिंहले विश्वासको मत प्राप्त गरेका हुन् । १०७ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । शनिबार प्रदेशसभा बैठकमा उपस्थित कूल १०१ प्रदेशसभा सदस्यमध्ये ६७ सदस्यले विश्वासको मतको पक्षमा र ३४ सदस्यले विपक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए ।

मतपरिणाम बारे जानकारी दिदै सभामुख मण्डले भने, ‘मुख्यमन्त्री सतिशकुमार सिंहले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राख्नु भएको प्रस्तावको पक्षमा जम्मा ६७ मत परेको र उक्त संख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत अर्थात ५३ भन्दा बढी भएकोले मुख्यमन्त्री सतिश सिंहले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राख्नु भएको प्रस्ताव बहुमतले पारित भएकोले मुख्यमन्त्री सतिशकुमार सिंहले यस सभाको विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु ।’

यसअघि गत जेठ २५ गते ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मख्यमन्त्री नियुक्त भएका थिए । तर, पछिल्लो पटक असार १७ गते केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता सहकार्यको सहमति भएपछि त्यसको प्रभाव मेधश प्रदेश सरकारमा पनि देखा परेको हो । जसले गर्दा शनिबार विश्वासको मत लिनु अघि नै मधेश प्रदेश सरकारमा सहभागी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, कांग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।

मधेश प्रदेश सरकारका ६ मन्त्री बर्खास्त

मुख्यमन्त्रीलाई बहुमतका साथ विश्वासको मत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button