शिक्षामा लापरवाही सह्य हुँदैनः साह

[mashshare]

संजय तिवारी
कलैया ।
कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साहले शिक्षा क्षेत्रमा कुनै प्रकारको लापरवाही सह्य नहुने बताएका छन् । २०८० को एसईई परीक्षाफल बारे समीक्षा गर्न नगरका ७१ वटै विद्यालयका प्रधानाध्यापकहरु उपस्थित बैठकमा नगर प्रमुख साहले परीक्षामा सामुदायिक विद्यालयहरुको न्यून नतिजा आउनुको कारण र त्यसको समाधानको विस्तृत योजना माग गरेका छन् ।

अति न्यून नतिजा ल्याएका विद्यालयहरुप्रती ईंगित गर्दै उनले त्यसबारे सुक्ष्म अध्ययन गरिरहेको बताए । बैठकमा प्रधानाध्यापकहरुले विद्यार्थीका अभिभावकहरुको परीक्षा र पढाइ बारे सोधखोज नभएको, विद्यार्थीहरु शिक्षकबाट डराउन छोडेको लगायत विभिन्न समस्याहरु सुनाएका थिए ।

नगर प्रमुख साहले नतिजा कमजोर हुनुको दोष अभिभावक तथा विद्यार्थी माथि थुपारेर शिक्षकहरु आफ्नो जिम्मेवारीबाट पञ्छिन नहुने बताए । उनले आवश्यक परेको खण्डमा कठोर निर्णय तथा कारवाही गर्न पछि नपर्ने चेतावनी दिए । बैठकमा उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, नगत शिक्षा समितिका सदस्य, शिक्षा शाखाका विजय अधिकारी, मावि, निमावि तथा प्राविका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button