
मधेशदृष्टि
वीरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको संयोजकको जिम्मेवारी हरि पन्तले पाएका छन् ।
बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा रास्वपा मधेश प्रदेशका महामन्त्री मनिष साहले पर्सा जिल्ला संयोजकमा मधेश प्रदेश सदस्य पन्तलाई मनोनयन गरेसँगै पर्साले नयाँ जिल्ला नेतृत्व पाएको हो ।
जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पूर्ण निर्वाचित क्षेत्रीय पदाधिकारी, प्रतिनिधि र गठित पालिका पदाधिकारीहरुको मतले प्रदेश सदस्यमा निर्वाचित भएर आउनु पर्ने हुन्छ । त्यसै क्रममा पन्त डेढ महिना अघि मात्र पार्टीको आन्तरिक निर्वाचनमा विजयी भएका थिए ।
पन्त होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सचिव र होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष पनि हुन् । उनी वीरगंज उद्योग बाणिज्य संघको कार्यकारिणी समिति सदस्यका साथै उद्योग बाणिज्य संघकै होटल पर्यटन समितिमा उप–संयोजक समेत छन् ।






