श्रीराम सुगर मिल्स गरुडा सञ्चालन गर्न कार्यदल

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
लामो समयदेखि बन्द अवस्थामा रहेको रौतहटको मध्यभाग गरुडास्थित श्रीराम सुगर मिल सञ्चालन गर्न देखिएको समस्या समाधानका लागि महिला तथा सामाजिक मामिलाका सभापति संघीय सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा भएको त्रिपक्षीय छलफलपछि सांसद साहको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा चिनी मिलका तर्फबाट उद्योगपतिद्धय हितेश गोल्छा र विशाल अग्रवाल, किसान सङ्घर्ष समिति रौतहटका अध्यक्ष अशोककुमार यादव तथा मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख सदस्य रहेका छन् ।
उद्योग मन्त्री भण्डारीले बजेट आउनु अगाडि मिल सञ्चालनको विषयमा देखिएका समस्या समाधानका लागि ठोस योजना ल्याउन सुझाव दिएका थिए । मन्त्री भण्डारीले जिल्लाकै ठूलो उद्योगलाई अन्य जिल्लामा लैजानुको सट्टा सोही स्थानमा सञ्चालन गर्नसमेत सुझाव दिएका थिए । आउने एक हप्ताभित्र चिनी मिलका समस्याको टुङ्गो लगाउनुपर्ने भन्दै मिल सञ्चालनको प्रक्रिया अगाडि बढाउन सुझावसहित आग्रह गरेका थिए । बन्द रहेको उद्योगहरु सञ्चालन गर्ने सरकारको उद्देश्य रहेको श्रीराम सुगर मिल्सलाई बन्द गरेर अरु जिल्लामा लैजानु भन्दा यथास्थानमा सञ्चालनका लागि सरकार अथवा मन्त्रालयबाट पूर्ण सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका थिए ।

मन्त्री भण्डारीले मिल सञ्चालनको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग आवश्यक सहयोगको लागि पहल गर्ने बताएका थिए । त्रीपक्षिय छलफलको क्रममा संसद किरण कुमार साह, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सांसद विनादेवी साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, कल्याणी खड्काल, संघर्ष समितिका अध्यक्ष अशोक कुमार यादव,गरुडाका मेयर प्रत्याशी ब्रिज किशोर यादव, ब्यवसायी रामजी साह, रामभरोसे यादव,लगायतले श्रीराम सुगर मिल्स सञ्चालनका लागि मन्त्री भण्डारीलाई पहल गरिदिन आग्रह गरेका थिए । जिल्लाकै धरोहरको रूपमा रहेको श्रीराम सुगर मिल्स अन्यत्र सार्ने षड्यन्त्र भएमा किसानले कडा आन्दोलन गर्ने चेतावनी दिँदै मिल सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए । सभापति खान, उद्योग सचिव कृष्ण राउत, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, नेपाल बैंक लिमिटेडका सिइओ, लगायतको सहभागी रहेको थियो ।

पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको पहलमा विसं २०४९ सालमा गरुडामा स्थापना भएको श्रीराम सुगर मिल्स २०७७ सालमा बन्द भएको थियो । गरुडा बजारको दक्षिण भागमा ७५ बिघा क्षेत्रफलमा रहेको मिल्स नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर दुई वर्ष अघि रानाकुमार अग्रवालले साकार गरेका थिए । अग्रवालले मिल पर्सा जिल्लामा सार्न खोजेपछि उँखु उत्पादक किसान संघको पहलमा स्थानीय किसानहरु सङ्घर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् । मिल बन्द भएपछि झण्डै सात सय कर्मचारी बेरोजगार भएका छन् भने २० हजार किसान प्रभावीत बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button