आजपा निकटको पेन्टर श्रमिक संघ गठन

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी (आजपा) निकटको आम पेन्टर श्रमिक संघको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ । आजपा निकटको टे«ड युनियन फेडरेशन नेपालको काठमाडौँ स्थित केन्द्रीय कार्यालयमा भएको भेलाले बिनोदकुमार चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको हो ।

देशका सम्पूर्ण पेन्टरहरुको पेशागत हकअधिकारको रक्षा एवम् विकासका लागि गठन भएको संयोजक चौधरीले बताए । समितिको सदस्यहरुमा लालबहादुर चौधरी, राजकुमार चौधरी, इन्द्रनारायण चौधरी, मसीलाल चौधरी, महेन्द्र चौधरी, बलदेव चौधरी, अभिनन्द चौधरी, संजिव चौधरी, रामनारायण सिंह, शिवप्रसाद चौधरी, विरेन्द्र चौधरी, धुरन प्रसाद चौधरी, चन्दु चौधरी, अमिन चौधरी, दिलिप मण्डल, अमृता थापा मगर लगायतका रहेका छन् ।

आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साह, वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपमहासचिव धनकुमारी मगर लगायतका नेताहरुको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button