
मधेशदृष्टि
जनकपुरधाम ।
तेली कल्याण समाज नेपालको नव निर्वाचित नगरसमितिलाई बधाई तथा सम्मान गरिएको छ । मंगलबार तेली कल्याण समाज नेपाल जिल्ला कार्यसमिति धनुषाका अध्यक्ष ललितकुमार साहको अध्यक्षतामा रामबहादुर साह धर्मशाला, जनकपुरधामको सभाकक्षमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका कार्यसमितिको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको हो । पूर्वमन्त्री अरविन्द साह र विशिष्ट अतिथि पूर्व नगर प्रमुख बजरंग साह को विशेष उपस्थितिमा अध्यक्ष रामवावू साह, उपाध्यक्ष सतीश रमण साह, महिला उपाध्यक्ष कौशल्या देवी साह, महासचिव अम्बुप्रसाद साह, सचिव सुनिल कुमार साह , कोषाध्यक्ष सुभाष चन्द्र साह, सदस्यहरु निरञ्जन साह, वीरेन्द्र साह, रंजीतसाह, रविकुमार साह, जयप्रकाश साह लगायतका सदस्यहरुलाई गमछा र अबिर लगाएर बधाई दिएका थिए ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार जगदीश साह, पूर्व जिला अध्यक्ष लक्ष्मी साह, पूर्व केन्द्रीय उपाध्यक्ष राम वावू साह, नेकपा एमाले कोनेता तथा पूर्व वडा अध्यक्ष जानकी रमण साह, वडा अध्यक्ष दीपेन्द्र साह, परमेश्वर साह, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष डा. जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष मनिष रमण साह, कोषाध्यक्ष परमेश्वर साह, तेली कल्याण समाज नेपाल धनुषाका जिल्ला उपाध्यक्ष ई. शम्भु साह, सचिव अशोक साह, सहसचिव पवनदेवी साह, कोषाध्यक्ष दुखरण साह, पूर्व जिल्ला उपाध्यक्ष श्याम साह, प्रा. सुरेश साह, दुखनी देवी साह, मधु देवी साहलगायतको सहभागिता थियो ।






