हरिवनका तीन औषधी पसलमा सिल

[mashshare]

एसपी गौरब
सर्लाही ।
सर्लाहीको हरिवन नगरपालिका भित्रका विभिन्न स्थानमा रहेका नीजि औषधी पसलहरुले मापदण्ड विपरित निषेधित ओैषधी बिक्री वितरण गरेको पाइएको छ । हरिवन नगरपालिका–९ नयाँ रोड र हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा रहेका नीजि औषधी पसलहरुको अनुगमन गर्दा तीन वटामा मापदण्ड विपरित निषेधित ओैषधी बिक्री वितरण गरेको पाइएको भन्दै सिल गरिएको औषधी व्यवस्था विभाग शाखा वीरगंजले जनाएको छ ।

कार्यालयका अनुसार हरिवन नगरपालिका–११ स्थित हरिवन बजारमा रहेको न्यू कुश्वाहा मेडिकल हल र कुश्वाह मेडिसिन्स फर्मा र हरिवन नगरपालिका–९ नयाँ रोडमा रहेको नयाँरोड सिटी हेल्थकेयर हस्पिटल प्रा.लिमा मापदण्ड विपरित निषेधित ओैषधी बिक्री वितरण गरेको पाइएपछि सिल गरिएको हो । हरिवन नगरपालिकाका विभिन्न स्थानमा रहेका नीजि औषधी पसलहरुको अनुगमन गर्दा मापदण्ड विपरित विक्री वितरणका लागि राखिएका निषेधित तथा म्याद नाघेका विभिन्न किसिमका औषधीहरु समेत बरामद् भएपछि सिल गरिएको औषधी व्यवस्था विभाग शाखा वीरगंजले जनाएको छ ।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा अवैध तरिकाबाट नीजि औषधी पसलहरु खुलेआम रुपमा सञ्चालन भइरहेका भए पनि सरोकारवाला निकाय मौन देखिएका छन् । जसको प्रत्यक्ष मारमा जिल्लाबासी सर्वसाधारणहरु परिरहेका छन् । औषधी व्यवस्था विभाग शाखा वीरगंजले पनि कसैले सुराकी गरेको अवस्थामा मात्रै अनुगमन गर्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button