आईसियु नर्सहरुको बृहद कार्यशाला तालीम वीरगंजमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशमा आईसियु सेवादिइरहेका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगंजले कार्यशाला तालीमको आयोजना गर्ने भएको छ । नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौँ र नेपाल मेडिसिटी बयोधा अस्पतालको संयुक्त आयोजनामा दुई दिने बेसिक फर नर्स कार्यशाला तालीम यही चैत्र २३ र २४ गते अस्पतालको सभाहलमा आयोजना गरिने अस्पतालका प्रमुख विजय रिमालले जानकारी दिए ।

मधेश प्रदेशमा आईसियु सेवादिइरहेका अस्पतालहरुमा कार्यरत नर्सहरुको सीप, ज्ञान र अनुभवलाई अभिबृद्धि गर्ने उद्देश्यले कार्यशाला तालीमको आयोजना गरिएको अस्पतालका डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट ओम प्रकाश श्रीवास्तवले बताए । विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयरइन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शकम्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतका विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको व्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गर्ने आफूहरुको योजना रहेको डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्टश्रीवास्तवले बताए ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशनका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख प्रा.डा. सुवाश आचार्य, लिभरट्रान्सप्लाण्ट नर्स कोअर्डिनेटर त्रि.वि.शिक्षण अस्पताल तथा क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालकी भाईस प्रेसिडेन्ट एवं बेसिक फर नर्स कोर्ष डाईरेक्टर कविता सिटौलालगायत ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले कार्यशाला तालीमलाई संचालन गर्ने छन् । उक्त कार्यशाला तालीमको उद्घाटन समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहको प्रमुख आतिथ्यमा हुने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button