आइजीपी अर्याल दाबी-‘तराईमा तस्करको सञ्जाल छैन’

[mashshare]

मधेशदृष्टि
काठमाडौँ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको दाबी गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै आईजीपी अर्यालले तराईमा तस्करको सञ्जाल नभएको दाबी गरे । कोही व्यक्ति विशेषले गरेको भए पनि सञ्जालकै रुपमा भने तस्करी नभएको उनको भनाइ छ ।

‘अहिले तराईमा तस्करको सञ्जाल छैन । व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला, तस्करी गर्ला । सञ्जालको रुपमा तस्करी नभएको कुराको जिम्मा लिएरै अवगत गराउन चाहेँ ।’ उनले थपे, ‘त्यस्तो फेला परे सञ्जाललाई हामी तुरुन्तै काट्छौँ । त्यसका लागि समाज र त्यो ठाउँको राजनीतिक नेतृत्वले पनि सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।’

महानिरीक्षक अर्यालले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले बोर्डर आउटपोष्ट रणनीतिक बिन्दुमा हुनुपर्ने बताउँदै भने, ‘बोर्डरमा सशस्त्र प्रहरीलाई जग्गा दिने प्रवृत्ति कम भएको छ । त्यसका लागि हामीले जनताको मन पनि जित्नुपर्नेछ । सुरक्षा पनि दिनुपर्नेछ ।’ सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सीमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button