रविको आलोचना गरेका रमेश खरेलले त्यागे रास्वपा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनेको विषयमा आलोचनात्मक टिप्पणी गरेका खरेललाई रास्वपाले स्पष्टिकरण सोधेको थियो । सोही विषय लिएर बुधबार खरेलले जवाफको साटो राजीनामा बुझाएका हुन् ।

आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गर्दै खरेलले पछिल्लो विकासक्रम तथा आफ्नो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न सकेन राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

रास्वपाको साधारण सस्दस्य रहेका खरेलले गत वैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपामा जोडिएर बारा–२ मा चुनाव लडेका थिए । तर, उपनिर्वाचनमा उनी जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भएका थिए । त्यसभन्दा अघि उनी गत वर्षको आम निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ मा चुनाव लडेर पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button