हिरासतबाट छुटेपछि बाबुको हत्या

[mashshare]

अनिल पोखरेल
राजविराज ।
समाजमा हरेक दिनजसो हत्याहिंसाले प्रसय पाइरहेको छ । आफन्तबाटै असुरक्षा बिढरहेको छ । सप्तरीको सप्तकोशी नगरपालिकाका एक युवकले पनि प्रहरी हिरासतबाट छुटेर घर पुगेपछि बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेका छन् ।

सप्तकोशी नगरपालिका ३, नयाँबस्ती (मुसहरी टोल) का २६ वर्षीय लालदेव सदाले ५५ वर्षीय बुबा हिराई सदाको हत्या गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरायसी विवादमा बुधबार बिहान करिब साढे ७ बजे उनले बुबालाई बञ्चरोले हानेको स्थानीयले बताए । उनले बुबाको हत्यापछि ठूलोबुबा दर्शन सदालाई पनि आक्रमण गरेका थिए । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेका सदा मंगलबार मात्रै प्रहरी नियन्त्रणबाट छुटेर घर आएका थिए । छुटेको १२ घण्टा नबित्दै बुबाको हत्या गरेको पाइएको छ । बुबा र ठूलोबुबाले सम्झाउन खोज्दा आवेशमा आई उनले आक्रमण गरेको वडा सदस्य रमेश थापाले जानकारी थिए । दुईजना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका सदा मंगलबार मात्रै छुटेर घर आएका थिए । स्थानीय जनप्रतिनिधिका अनुसार करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको पाइएको छ । सदालाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button