तस्करीको काजु खाएर सुशासनको गफ !

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले भन्सारमा तस्करको राज रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि धारणा राख्दै उनले नेपालका भन्सारबाट बिल छलेर तस्करी भइरहेको बताए । उच्च भन्सार लाग्ने बस्तुहरु तस्करी भएर नेपाल भित्रिइरहेको उनले बताए ।

नेपालमा काजु प्रतिकिलो ६ सय रुपैयाँ भन्सार लाग्ने गर्छ । नेपाली बजारमा उपलब्ध सबैजसो काजु भन्सार छलेर भित्रने गरेको उनले बताए । ‘मलाई लाग्छ, अर्थमन्त्रीज्यूले जुन काजु खानुहुन्छ, त्यो भन्सार छलेर ल्याइएको हो । माननीय अर्थमन्त्रीज्यू, तपाईं तस्करले ल्याएको काजु खानुहुन्छ ।’

काजुमा १५ प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । भ्याटसमेत गरेर काजुमा करिब ५० प्रतिशत भन्सार तिर्नुपर्ने एकीकृत भन्सार महसुल दरबन्दी २०८०–८१ मा उल्लेख छ । चालु आर्थिक वर्षको आठ महिनामा २५ करोड ४९ लाख रुपैयाँको २ लाख ९० हजार किलो काजु आयात भएको भन्सार विभागको तथ्यांक छ । हाल कच्चा पदार्थभन्दा तयारी बस्तुमा कम भन्सार लगाएकाले नेपालमा उत्पादन हुन नसकेको र नेपाली उद्योगीलाई समस्या परेको यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button