‘भन्सार विधेयक लुट्नकै लागि हो ?’

[mashshare]

मधेशदृष्टि
रौतहट ।
आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री सांसद प्रभु साहले भन्सार विधेयक भन्सार उठाउनका लागि हो कि लुट्नको लागि हो भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै सांसद साहले यस्तो बताएका हुन् ।

उनले भने, ‘भन्सार विधेयक भन्सार उठाउनका लागि हो कि लुट्नका लागि ? भन्सार उठाउनका लागि हो भने भन्सारमा रहेको कथित पुरस्कारको व्यवस्था खारेज जरुरी छ । भन्सार उठाउनका लागि सरकारले कर्मचारीको व्यवस्था गरेको छ । सुरक्षा निकायलाई नै खटाएको छ । त्यही कामको लागि खटाइएको छ, अनि पुरस्कारको व्यवस्था गरिनु गलत हो ।’

कुनै कर्मचारीले भन्सार छलेको सामग्री पक्राउ गर्दा पुरस्कारका नाममा पैसा खाने काम गरेको उनको भनाइ छ । उनले पुरस्कृत हुनेको नाम सार्वजनिक किन गरिएन भन्दै प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button