संघीयता कार्यान्वयनमा जोड दिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई संघीयता कार्यान्वयनमा जोड दिन भन्दै वुद्धिजिवी नागरिक समाजले ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नागरिक समाजले संघीयताको कार्यान्वयन, सुशासन, कृषि, शिक्षा लगायत सुधारसम्बन्धी १६ बुँदे मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा प्रहरी समायोजन, प्रदेश लोकसेवा मार्फत कर्मचारी पदपूर्ति लगायतका विषयहरु उल्लेख गरेका छन् । साथै नागरिक समाजले प्रहरी प्रशासन समायोजन, आवश्यक कानुन निर्माण, प्रदेश लोकसेवा मार्फत आवश्यक कर्मचारीको पदपूर्ति, सुशासनको प्रत्याभूति, प्रदेश सरकारको कामकाजको निरन्तर सामाजिक परिक्षण, गुणस्तरीय शिक्षा तथा मर्यादित परीक्षा लगायतका सुझावहरु दिएका छन् ।

खेलकुदलाई व्यवस्थित, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक सुरक्षाको दायरा विस्तार, एकीकृत प्राकृतिक श्रोत व्यवस्थापन लगायतका विषयहरु ज्ञापनपत्रमा समावेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button