नारायणी रंगशाला निर्माणमा ध्यान दिन सांसद यादवको आग्रह

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले वीरगंजको नारायणी रंगशाला निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले लामो समयदेखि नारायणी रंगशाला निर्माणमा पखाईमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । करिब १८ बिघा क्षेत्रफलमा रहेको नारायणी रंगशालामा क्रिकेट र फुटलबल खेल हुने गरेको भए पनि अहिले फुटबलका खेलहरु हुन नसकेको बताए ।

केही वर्ष अघि राष्ट्रिय खेलकुद परिषदले डिपिआर बनाएको र डिपिआरमा २ अर्ब ६५ करोड रुपैयाँको लागतमा पुन निर्माण गर्न सकिने सरकारलाई जानकारी गराएको बताए । तर, सरकारले केही समय अघि ७ करोड विभियोजन गरेको उल्लेख गर्दै उक्त बजेट ‘हात्तीको मुखमा जिरा’ सरह भएको टिप्पणी गरे । नारायणी रंगशाला निर्माणका लागि बजेटको अभाव भएको भन्दै सासद यादवले त्यसतर्फ ध्यान र बाँकी काम पूरा गर्न सरकारसँग आग्रह गरे । त्यसक्रममा सांसद यादवले बैठक कक्षमा दलको आसन अगाडि राख्नुपर्ने आफ्नो पार्टीको नेम प्लेटमा भुईमा फालिएको भन्दै सभामुख र संसद सचिवालयको ध्यानाकर्षण गरेका थिए ।

त्यसैगरी, प्रतिनिधिसभाको बिहीबारकै बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिहले सर्लाहीको एक मन्दिरमा केही दिन अघि भएको तोडफोडको विषय उठाए । सांसद सिंहले सामाजिक सद्भाव भड्काउने गतिविधी बढीरहेको भन्दै त्यसतर्फ सचेत हुन सरकारलाई आग्रह गरे । समाजमा सामाजिक सद्भाव खलबल्याउने गतिविधी बढ्दै गएको चिन्ता व्यक्त गर्दै सांसद सिंहले विगत एक वर्षभित्र विरगंज, गौर, मलगंवामा व्रmफ्र्यू लगाउनुपर्ने अवस्था किन आयो ? भन्दै प्रश्न समेत गरे । त्यसक्रममा उनले नेपालको सुरक्षामा खतरा रहेको भन्दै गृहमन्त्री, रक्षामन्त्री र प्रधानमन्त्रीले ध्यानदिन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button