वीरगंज गोल्डकपलाई निरन्तरता दिन महानगर तयार

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यसवर्ष सफलतापूर्वक सम्पन्न वीरगंज गोल्डकप फुटबल प्रतियोगिता आगामी वर्षदेखि निरन्तर गर्न महानगर तयार रहेको बताएका छन् ।

कात्तिक १८ गतेदेखि सुरु भएर शनिबार सकिएको प्रथम वीरगंज गोल्डकप फुटबलको शनिबार आयोजित समापन समारोहमा मेयर सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘प्रथम वीरगंज गोल्डकप फुटबलको आयोजनाले वीरगंजमा धेरै वर्षपछि फेरि फुटबलप्रतिको उत्साह र उमंग फर्किएको छ । प्रतियोगिता आगामी वर्षदेखि निरन्तर गर्न आयोजकलाई जेजस्तो सहयोग चाहिन्छ, सहयोग गर्न महानगर तयार रहन्छ ।’

मेयर सिंहले पहिलोपटक आयोजित प्रथम वीरगंज गोल्डकप फुटबलमा नेपालमा नाम चलेका क्लबका साथै छिमेकी मुलुक भारतका टिम पनि सहभागी भएकाले यो प्रतियोगिता वीरगंजका लागि गौरवकै विषय भएको बताए ।

आयोजक भेट्रान सिटी क्लबका अध्यक्ष सबिन बस्नेतको अध्यक्षतामा भएको समापन समारोहमा वीरगंज महानगरका उपमेयर इम्तियाज आलम ,सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली सेनाका कर्णेल डायमण्ड कार्की, पर्साका प्रहरी उपरीक्षक कोमल शाह। जसपाका वीरगंज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, वीरगन्ज महानगरका वडाध्यक्षहरु बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, हिराकाजी महर्जन, रितेश गुप्ता, आशुतोष चर्तुवेदी, पर्सा फुटबल संघका अध्यक्ष अनिल कलवार, आयोजक क्लबका उपाध्यक्ष सागर राणा, महासचिव पंकज श्रेष्ठ लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button