
मधेशदृष्टि
वीरगंज ।
प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत वीरगंजस्थित आदर्शनगर रंगशालामा आज दिउँसो २ बजे त्रिभुवन आर्मीसँग नेपाल पुलिस क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ । बिहीबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँले संकटा क्लब काठमाडौँलाई शून्यका विरुद्ध १ गोलले पराजित गदै फाइनल यात्रा तय गरेको हो ।
यस्तै, अघिल्लो सेमिफाइनलमा नेपाल पुलिस क्लब आयोजक वीरगंज भेट्रान सिटी क्लबलाई हराउदै फाइनलमा पुगेको हो ।
मधेश प्रदेशकै सर्वाधिक धनराशी रहेको प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगितामा उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक भेट्रान्स सिटी कलबका महासचिव पंकज श्रेष्ठले बताए ।
प्रतियोगिताका विजयी क्लब, खेलाडी र अफिसियललाई वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पुरस्कार र पदकहरु वितरण गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक वीरगंज महानगरपालिका हो ।
विहीबार त्रिभुवन आर्मी र संकटाबीचको प्रतिस्पर्धा । तस्बिरः मधेशदृष्टि






