काठसहित ट्र्याक्टर र चालक पक्राउ

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
प्रहरी गस्ती टोलीले अवैध काठ बोकेको ट्र्याक्टरसहित चालकलाई पक्राउ गरेको छ।

स्थानीय वृन्दावन नगरपालिका–६ हर्षाहाचोकस्थित इलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले मंगलबार साँझ काठ लोड रहेको ना ७ त ४३६८ नम्बरको ट्रयाक्टरसहित चालक चन्द्रपुर–३ गैँडाटारका २५ वर्षीय सतावन धामीलाई पक्राउ गरेको हो ।

सालको १६ थान गोलिया काठसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रपुरमा बुझाइएको डिएसपी ओम प्रकाश खनालले बताए । बरामद ट्र्याक्टरसहितको काठको मूद्यय २१ लाख नौ हजार तीन सय छत्तीस रुपैयाँ मूल्याङकन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button