
मधेशदृष्टि
वीरगंज
बारामा हतियारसहित प्रहरीले पक्राउ गरेका व्यक्तिलाई गाउँलेले भगाएका छन्।
जीतपुर-सिमरा उपमहानगरपालिका -१६ बाट प्रहरीले हतियार र जनावरको अंगसहित पक्राउ गरेका ३५ वर्षीय सागर लामालाई स्थानीयले भगाएका हुन् ।
प्रहरीले लामाको घरबाट हतियार र जनावरको विभिन्न अंगसहित उनलाई नियन्त्रणमा लिएको थियो । लामालाई प्रहरी कार्यालयमा ल्याउने क्रममा जम्मा भएका स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेर लामालाई भगाएका हुन्।
स्थानीयले आक्रमण गरेपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
स्थानीयको आक्रमणबाट प्रहरी वरिष्ठ नायव निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन्।
प्रहरीले लामाको घरबाट लोड गरिएको एक थान भरुवा बन्दुक, जनावरको रौं, नङलगायतका सामान बरामद गरेको बोगटीले बताए।






